देशभर थप ३५० जनामा कोरोना संक्रमण

Corona death

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३५३८ जनामा पिसिआर परिक्षण गर्दा १९८ जना र ३५५८ जनामा एन्टीजेन परिक्षण गर्दा १५२ जना गरी जम्मा ७०९६ नमुनाको परीक्षण गर्दा ३५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२७२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ५० हजार ५६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९१७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ५१ जना, ललितपुर जिल्लामा ७ जना र भक्तपुर जिल्लामा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५३ लाख ७३ हजार २०२ पिसिआर परीक्षण भएको छ भने १० लाख ३५ हजार ७५५ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर १३ हजार ३५७ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८३ लाख ४५ हजार १६३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ७६ लाख ४० हजार ५२९ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ८ लाख ६३ हजार ४३ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ६८ लाख ४५ हजार १६३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...