१०१ अंकको पहिरोपछि थामियो नेप्से, कारोबार खुम्चियो

Shear market

काठमाडौं । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्तापछि १०१ अंकले घटेको सेयर बजारमा सोमबार भने स्थिरता कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सामान्य शुन्य दशमलव ०८ प्रतिशतले मात्र नेप्से बढ्दै २७ सय दशमलव ९८ विन्दुमा अडिएको हो ।

तर, आज यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने शुन्य दशमलव ३६ अंकले घट्दै ५११ दशमलव ३० अंकमा झरेको छ । यस दिन बैंकिङ, ट्रेडिङ, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र मुचुअल फन्ड समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी सबै उपसूचक धनात्मक भएका छन् ।

यद्यपि, अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा संकुचन आएको छ । शुन्य दशमलव ०८ प्रतिशतले बढेको बजारमा आज तीन अर्ब ६८ करोड ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन १०१ अंकले घटेको बजारमा ५ अर्ब ९७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको थियो ।

यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा बढी ८.१३ प्रतिशतले कमाएका छन् भने मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले अधिकतम ३.८५ प्रतिशतले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...