ह्वात्तै घट्यो कोरोना संक्रमण : थप ८३६ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

Corona new varient

काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमण घटेको घट्यै छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेर एक हजार भन्दा तल झरेको छ । मृतकको संख्या पनि घटेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २६० जनाको पीसीआर परीक्षणमा ४९१ र २ हजार ३९४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३४५ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १८२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब १ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...