थप १३६९ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

Corona death

काठमाडौं । पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपाल हालसम्म ११ लाख सात हजार ९८६ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २३८ कोरोना संक्रमणमुक्त हुँदा संक्रमणमुक्त हुनेको कुल संख्या नौ लाख ३० हजार ६०७ जना छन् । कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर काेरोना भाइरसका सक्रिय संक्रमितको संख्या २९ हजार चार रहेको छ ।

काठमाडौं उपत्यकामा बिहीबर ३२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौमा २३५, ललितपुरका ६४ र भक्तपुरमा ३० संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीमा ५६, मोरङमा ५०, लमजुङमा ४५, कैलाली ३४, सुनसरी ३१, झापा ३०, चितवन र रुपन्देहीमा २३/२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै स्याङ्जा १८, धनुषा १७, काभ्रेपलान्चोक १६, महोत्तरी, धादिङ र दाङ १५/१५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...