कोरोना संक्रमणको गति कम भएको हो, जोखिम होइन : मन्त्रालय  

Health ministry

काठमाठौं । सरकारले कोरोना संक्रमणको गति कम हुँदै गएको जनाएको छ ।

सञ्चारमाध्यमसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले संक्रमण घट्दै गएकाले स्वास्थ्यका मापदण्डहरूको पालना गरेर जनजीवनलाई थप सहज बनाउँदै लैजानुपर्ने बताए ।

उनले भने, ‘पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरुको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरु गरेको हो ।’

सरकारले आइतबार मात्र काठमाडौं उपत्यका लगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानहरूमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउनुका साथै फिल्महल सञ्चालन गर्न पाउने जस्ता आर्थिक तथा भौतिक गतिविधिहरू सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।

सहप्रवक्ता डा.अधिकारीले कोरोनाका बिरामीहरू अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको उल्लेख गर्दै जनजीवनलाई सहजीकरण गरिएको जानकारी गराए । 

नेपालमा १२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाहरूको संख्या अनुमानित ३४ लाख रहेको र ती मध्ये ३० लाख बालबालिकाहरूले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेको पनि डा.अधिकारीले बताए । उनले यो उमेर समूहका बाँकी ४ लाख बालबालिकालाई पनि चाँडै नै खोप उपलब्ध गराइने प्रतिबद्धता जनाए ।

सह प्रवक्ता अधिकारीले कोरोना संक्रमण भइ निको हुनेको संख्या बढी रहेको र उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि विकास भइरहेकाले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी जनजीवनलाई खुकुलो बनाउँदै लगिएको उल्लेख गरे ।

जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, बेलाबेलामा साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न पनि उनले आग्रह गरे । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...