एभरेष्ट अस्पतालमा शुक्रबार निः शुल्क स्वास्थ्य शिविर

Everest hospital baneshor

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि, मास्क वितरण कार्यक्रम हुने भएको छ। लायन्स क्लव अफ काठमाडौँ एभरेष्ट निम्सको सहकार्यमा अस्पतालमा शुक्रबार उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो।

निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम एभरेष्ट अस्पताल, आयान हेल्थ केयर प्राइभेट लिमिटेड र अनमोल हेल्थ केयरको सहयोगमा सञ्चालन हुनेछ। उक्त शिविर एभरेष्ट अस्पतालमा शुक्रबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

शिविरमा विशेषज्ञ चिकित्सकहरु डा रामनारायण शाह, डा.निवेश पौडेल र डा.सरोज गौडेलले निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछन्। शिविरको क्रममा ल्यावमा ३० प्रतिशत, फार्मेसीमा १० प्रतिशत र अन्य सेवामा ३० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार शिविरमा कोभिड पछाडि हल्का ज्वरो आए जस्तो हुने, अल्छी लाग्ने, छिटो थकानको महसुस हुने, हल्का खोकी हुने, हल्का टाउको दुख्ने, बढी भोक लाग्ने र भोक लाग्दै नलाग्ने, निद्रा नलाग्ने जस्ता लक्षण भएकाले पनिस्वास्थ्य परीक्षण गराउन सक्नेछन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...