काठमाडौँ उपत्यकामा थप ११२३ जनालाई कोरोना

Ktm

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा ८५, काठमाडौँमा ८६८ र ललितपुरमा १७० जना कोरोना संक्रमित थपिएका हुन्।

यस्तै गत २४ घण्टामा देशभर ३ हजार ६३७ जना संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ।

बुधबार ७ हजार ५५५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ६ हजार ४९९ पीसीआर तथा ५ हजार ८३ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...