राष्ट्रिय युवा सङ्घ नेपालले गर्यो स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी   

Birodh khatiwada  nishan

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आबद्ध राष्ट्रिय युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र त्यसको मूल्य झन्डै दुई अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको युवा सङ्घले आरोप लगाएको छ ।

मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानुनी प्रावधानअनुसार कारबाही गर्न माग गरिएको सङ्घका अध्यक्ष किरण पौडेलले बताए । उनले जनताको सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जास्पद र जनघाती कदम भएको बताए ।

उनले भने, ‘जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालयभित्रैबाट २४ लाख डोज खोप हराउनु भनेको अत्यन्त लज्जास्पद र अत्यन्त जनघाती कदम हो ।

कहीँ भण्डारको लिकेजबाट र कहीँ तथ्याङ्क सङ्कलन नभएको भन्ने कुतर्क दिँदै यो प्रकरणको ढाकछोप गर्न खोजिएको छ । दुई अर्ब ५० करोड रुपैयाँ बराबरको राज्यस्रोतको दुरुपयोग भएको छ । भ्रष्टाचार भएको छ । स्वास्थ्यमन्त्री र यो प्रकरणमा संलग्न अन्य व्यक्तिमाथि छानबिन गरी आवश्यक कारबाहीको प्रक्रियामा ल्याउनका निम्ति मुद्दा दर्ता गरेका छौँ ।’ 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...