२३ लाख ४० हजार मोडर्ना खोप नेपाल आइपुग्यो

Mordan vacin

काठमाडौँ । कोरोना भाइरसविरद्धको २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुगेको छ । सोमबार र मंगलबार गरी दुई दिनमा खोप नेपाल आइपुगेको हो ।

कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल ल्याइएको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए । 

सरकारले कोभ्याक्समार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने जनाएको थियो । त्यसमध्ये १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको छ ।

यो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने चौरासियाले बताए । सरकारले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिन थप खोपहरु पनि ल्याउँदैछ ।

कोभ्याक्स सुविधामार्फत नै थप ६२ लाख मात्रा खोप अनुदानमा ल्याउने प्रक्रिया पनि अघि बढिसकेको छ ।

यस्तै ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउन फाइजर खोप ८४ लाख मात्रा खरिद गर्ने सरकारको तयारी छ ।
 

प्रतिकृया दिनुहोस