संक्रमित भन्दा निको हुनेको संख्या बढ्यो : ५ हजार २९२ संक्रमित थपिए, ८ हजार १९१ डिस्चार्ज  

Corona test 13

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशैभर कोरोना संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ।

गएको २४ घण्टामा ५ हजार २९२ जना संक्रमित थपिएका छन्। यही अवधिमा ८ हजार १९१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज १६ हजार ८८ नमूना परीक्षण गरिएको थियो।

१० हजार ३ सय ६८ पीसीआर परीक्षण गरिएकोमा ३ हजार ४७२ र ५ हजार ७२० एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८२० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, आज ८ जनाको मृत्यु भएको छ भने ७९ हजार २७२ सक्रिय संक्रमित रहेका छन्।

 

 

प्रतिकृया दिनुहोस