काठमाडौँ उपत्यकामा थपिए ३ हजार १ सय ४३ संक्रमित  

Ktm

 

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै बिहिबार थप ३ हजार १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा २ हजार ४०२, भक्तपुरमा २२० तथा ललितपुरमा ५२१ जना संक्रमित थपिएका हुन्। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टाको अवधिमा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६८७ पुगेको छ।

बिहीबार ५ हजार २ सय ९२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर ९० हजार ५७६ जना सक्रिय संक्रमित रहेका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...