कोरोना संक्रमणबाट एकैदिन १५  जनाको मृत्यु,  थप ८ हजार १७ संक्रमित

Corona death

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ५ हजार २१९ जना निको भएका छन् भने २१ हजार ८०८ जनाको नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २२ हजार ८३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये ८ लाख ३७ हजार ४ जना निको भएका छन् । बुधबारको तथ्यांकसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९० हजार ५७६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७४९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा थप ३ हजार १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जनामा कोरोना संक्रमण देखिएको हो ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा ३९३, मोरङमा २८१, कैलालीमा १८४, सुनसरीमा १५८, रुपन्देहीमा १४३, चितवनमा १२७, धनुषामा ११५, झापा र बाँकेमा १०६/१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काभ्रेपलाञ्चोकमा ६७, सप्तरी र कन्चनपुरमा ६१/६१ जना, सिरहामा ५८, नुवाकोट र मकवारमा ५४/५४ जना, दाङमा ४१, पाल्पामा ४०, स्याङ्जामा ३९, नवलपरासी पुर्वमा ३५, तनहुँमा २९, गोरखा र बर्दियामा २४/२४ जना तथा गुम्लीमा २१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...