कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै काठमाडौँ उपत्यका : थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि  

Ktm

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार ८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना संक्रमित थपिएका हुन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६६७ पुगेको छ। यस्तै आज ३ हजार ४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ८८ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १८ हजार १०३ पीसीआर तथा ७ हजार ८०६ एन्टिजेन परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...