कोरोना महामारीसँगै दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि अत्याधिक बढ्यो

Khaddna pasal

काठमाडौं । कोरोना महामारीसँगै बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक रूपमा मूल्य बढ्न थालेको छ ।

संक्रमण बढिरहेका बेला कृत्रिम अभाव गराएर व्यवसायीले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । औषधि, दाल, खाने तेल, पाउरोटी, आटा चिनी, निर्माण सामग्रीलगायतका अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेको छ ।

कमजोर नियमन र अनुगमनको फाइदा उठाउँदै र इन्धनको मूल्य बढेको भन्दै खुद्रा व्यवसायीले दाल, खाने तेलको मूल्य बढी लिन थालेका हुन् । नेपाल खुद्रा व्यापार संघका अनुसार कोभिड सुरु हुनुभन्दा भटमासको तेलको प्रतिलिटर खुद्रा मूल्य १ सय ४० रुपैयाँ रहेकोमा ७१ प्रतिशतभन्दा धेरैले बढेर २ सय ४० पुगेको छ ।

वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि साढे पाँच प्रतिशत भन्दा कम रहेको अवस्थामा खाद्यान्नको मूल्य वर्षमै ३६ प्रतिशतसम्म बढेको छ । कोभिड महामारीकैबीच दसैं–तिहार सकिएलगत्तै खाद्य उद्योगले क्रमिक रूपमा मूल्य बढाउन सुरु गरेका हुन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा चालू वर्ष २०७७/०७८ मा घ्यू तथा तेलमा सबैभन्दा धेरै २८ दशमलव ५ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

यस्तै, यातायातमा १६ दशमलव २५ प्रतिशत र दाल तथा गेडागुडीमा ११ दशमलव ७९ प्रतिशत मूल्यवृद्धि छ । राष्ट्र बैंकका अनुसार, २०७७ मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९ दशमलव ३३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव ६९ प्रतिशत थियो ।

यो अवधिमा उपभोग्य वस्तु ५ दमलव ८१, मध्यवर्ती वस्तु ७ दशमलव ७० र पुँजीगत वस्तु २ दशमलव ७७ प्रतिशत भएको थियो । यसैबीच, बजारमा निर्माण सामग्रीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको देखाउँदै स्थानीय बजारमा व्यवसायीले मूल्य बढाएका हुन ।

कच्चा पदार्थको मूल्यवृद्धि देखाउँदै व्यवसायीहरूले छड, सिमेन्टको मूल्य बढाउँदै आएका छन् । निर्माण सामग्रीको मूल्य पनि अचाक्ली महँगिएपछि घर, पुल, सडक निर्माणमा समेत महँगो भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...