२३ लाख ४० हजार मोर्डना खोप आज नेपाल आउँदै  

Mordana   vacean

काठमाडौँ । कोरोना विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप आज नेपाल आउँदै छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार आज २३ लाख ४० हजार डोज खोप नेपाल आउन लागेको बताए । 

यसअघि हिजो पनि १६ लाख ६० हजार डोज मोर्डना खोप आइसकेको छ । यो खोप सरकारले विश्व बैंकको पहलमा खरिद गरेको उनले बताएका हुन् । उनका अनुसार खोपसँगै सिरिञ्ज भने ल्याइएको छैन ।

सो खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था भने सरकारले आफैं गर्ने बताइएको छ । सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख सिरिञ्ज भने आइसकेको छ । यसअघि पनि नेपालमा ३८ लाख मोडर्ना खोप आइसकेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...