‘नेपालमा सङ्क्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन, डेल्टा भेरिएन्टको सङ्क्रमण घट्दो’  

Omcron

काठमाडौं। नेपालमा कोभिड १९ (कोरोना भाइरस) को ओमिक्रोन भेरिएन्टले डेल्टा भेरिएन्टलाई प्रतिस्थापन गर्दै गएको पाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सहप्रवक्ता डा। समीरकुमार अधिकारीले राष्ट्रिय जनसङ्ख्या प्रयोगशालामा ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटामा ओमिक्रोन र चार वटामा डेल्टा भेरिएन्ट देखिएको बताए ।

नेपालमा भइरहेको पछिल्लो सङ्क्रमणमा ८८ प्रतिशतमा ओमिक्रोन पाइएको र विश्वव्यापी रूपमा जस्तै नेपालमा पनि डेल्टालाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको पाइएको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

ओमिक्रोन भेरिएन्टको सङ्क्रमण गति तीव्र हुने भएकाले स्वास्थ्यका पूर्ण मापदण्ड पालना गर्न उनले आग्रह गेका छन् । कोरोनाको लक्षण देखिएमा अनिवार्य रूपमा क्वारेनटाइनमा  बस्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...