६ महिनामै १० खर्बको वस्तु आयात

Yati

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामै वस्तु आयातको आंकडा १० खर्ब नजिकै पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन–पुससम्म कुल ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

यो गत आव २०७७/७८ को यसै अवधिको तुलनामा ५१.१३ प्रतिशत धेरै हो ।  सो वर्ष ६ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

सरकारले उच्च आयात नियन्त्रण गर्न पुस पहिलो साता नियन्त्रात्मक प्रावधान ल्याएको थियो । तर, आंकडामा भने त्यसको प्रभाव परेको देखिँदैन । पुस महिनामा मात्र १ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

६ महिनामा निर्यात भने १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको भएको छ । निर्यातको वृद्धिदर ९५.४८ प्रतिशत छ । अघिल्लो आवको ६ महिनामा वस्तु निर्यात ६० अर्ब ७९ करोड रुपैयाँ बराबरको थियो ।

बढ्दो आयात र कमजोर निर्यातका कारण व्यापार घाटा चुलिएको छ । आंकडा अनुसार ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४६.६४ प्रतिशत धेरै हो ।

वैदेशिक व्यापारको आकार ११ खर्ब माथि

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो ६ महिनामै वैदेशिक व्यापारको आकार भने ११ खर्ब नाघिसकेको छ ।

यस अवधिमा कुल ११ खर्ब १८ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ५४.८६ प्रतिशत बढी हो । गत आवमा वैदेशिक व्यापारको आकार ७२ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

६ महिनाको आंकडा हेर्दा पेट्रोलियम पदार्थको आयात मात्र १ खर्ब ५३ अर्ब रुपैयाँको भइसकेको छ । फलाम तथा स्टीलको आयात ८४ अर्ब ९३ करोड रुपैयाँको भइसकेको छ । वनस्तति तेल तथा घिउजन्य वस्तुको आयात ७८ अर्ब ९ करोड र निर्यात ६८ अर्ब ६७ करोड रुपैयाँ बराबरको भएको छ ।

६ महिनाको वैदेशिक व्यापार

आयात : ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ (५१.१३ प्रतिशत बढेको)

निर्यात : १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ (९५.४८ प्रतिशत बढेको)

व्यापार घाटा : ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ (४६.६४ प्रतिशत बढेको)

कुल वैदेशिक व्यापार : ११ खर्ब १८ अर्ब १९ करोड रुपैयाँ (५४.८६ प्रतिशत बढेको)

व्यापारमा आयातको हिस्सा : ८९.३७ प्रतिशत (२.४१ प्रतिशत घटेको)

व्यापारमा निर्यातको हिस्सा : १०.६३ प्रतिशत (२६.२३ प्रतिशतले बढेको)


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...