नेप्सेमा ३२ अंकको सुधार, ५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँको कारोबार

Share badhyo

काठमाडौं । आज बुधबार नेप्सेमा ३२ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बिहीबार नेप्से सूचक ३२.९६ अंकले बढ्दै २९ सय ३१.२६ विन्दुमा उक्लिएको हो ।

गत बुधबार यस्तो सूचक अधिकतम ३८.३५ अंकले घट्दै २८ सय ९८.३१ बिन्दुमा अडिएको थियो । तर, आज ३२ अंक माथिले नेप्से सूचक उकालो लागिराख्दा यता कारोबार भने गत बुधबारको भन्दा पनि तल झरेको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन ३२ अंक बढेको बजारमा जम्मा ५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

जबकि गत बुधबार ३८ अंक माथिले घटेको बजारमा ६ अर्ब २ करोड १३ लाख रुपैयाँको कारोबार भएको थियो । आज दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने झण्डै दर्जन हाराहारीका कम्पनीहरुको सेयर मूल्य ६ प्रतिशत माथिले बढेको छ । यसदिन आईसीएफसी फाइनान्स लिमिटेडका डिभेन्चर लगानीकर्ताहरूले अधिकतम ४.३९ प्रतिशतले गुमाएका छन् ।

बिहीबार कारोबारमा आएका १३ उपसमूह मध्ये बैकिङ र म्युचलफण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । आज आईएमई जनरल इनस्योरेन्स कम्पनी बजारमा धेरै खरिद बिक्री हुने सेयरमा दरियो । आज उक्त कम्पनीको सेयर खरिद बिक्री २२ करोड भन्दा धेरै रह्यो ।

आज मैलुङदखोला र तेह्रथुप पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किटलागेको थियो । समग्र बजारमा जलबिद्युत कम्पनीका लगानीकर्ताले उच्च लाभ प्राप्त गरे । आईसीएफसी फाइनन्यानस कम्पनीको डिभेन्चरको मूल्यमा आज ४ अंकको गिरावट आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...