कोरोनाको हटस्पट बन्यो काठमाडौं, एकैदिन ४ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि

Kathmandu valley

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यका कोरोना संक्रमणको हट स्पट बनेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा संक्रमण पुष्टि भएको छ। आजको देशभरको तथ्यांक हेर्दा कोरोना संक्रमणदर ह्वात्तै बढेको देखिएको छ । परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण ष्र्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...