शेयर बजार : ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार रुपैयाँको कारोवार

Share market ghaty0

काठमाडौं । शेयर बजारमा १० अंकको करेक्सन देखिएको छ । केही दिन यता लगातार जसो बढिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने १० अंकले घटेको हो । नेप्से परिसूचक ०.३७ प्रतितशले घटेर २ हजार ९ सय ३६ दशमलव ६६ अंकमा झरेको छ ।

मंगलबार बजार खुला भएसँगै झिनो अंकले बढेको बजार दिनभरको उतारचढाव पछि अन्तिममा घटेर बन्द भएको हो । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै देखिएको छ । दिनभर १ करोड ६० लाख कित्ता भन्दा धेरै शेयर कारोबार हुँदा कारोबार रकम ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार रुपैयाँ नाघेको छ ।

बजार घटे पनि केही कम्पनीहरुको शेयर मूल्य भने राम्रै बढेको छ । सबैभन्दा बढी शेयर मूल्य बढ्नेमा सामलिङ पावर कम्पनी देखिएको छ । यसको ९.४९ प्रतिशतले बढेर शेयर मूल्यमा ६४९ दशमलव ३० रुपैयाँमा पुगेको छ । यसैगरी मध्यभोटेकोशी हाइड्रोपावर, बुद्धभूमी हाइड्रोपावर, प्रभु बैंक, बरुण हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयर मूल्य राम्रो बढेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...