अत्याधिक बढ्यो कोरोना संक्रमण : एकैदिन १०२५८ जनामा कोरोना संक्रमण पुष्टि

Corona 1596087688 1597680755

काठमाडौं । नेपालमा कोरोना संक्रमण वृद्धि दर उच्च भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण ष्र्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘एक हारले धनकुटामा हाम्रो सर्वश्व गुमेको छैन, फेरि समय आउँछ’

Sabitra ghimire

स्थानीय तह भनेको जनताका लागि पहिलो र अनिवार्य सरकार हो । जसले जनताको काम स्थानीय सरकारले नै गर्छ ...