ह्वात्तै बढ्यो कोरोना : थप २ हजार ४४४ जना संक्रमित, ३१३ जना निको

Corona test

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । मंगलबार थप २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६४८ जनाको पीसीआर र ४ हजार ३८५ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना देखिएको हो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै आज थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...