त्रियुगा वाणिज्य उद्योग संघमा विश्वकर्मा अध्यक्ष चयन

Triyuga news

उदयपुर । त्रियुगा वाणिज्य उद्योग संघ उदयपुरको छैटौँ साधारण सभाले रमेश विश्वकर्मालाई अध्यक्ष चयन गरेको छ । साधारण सभाले विश्वकर्माको नेतृत्वमा सर्वसम्मत रूपमा १२ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

सो साधारण सभाले संघको वरिष्ठ उपाध्यक्षमा परशुराम चौधरी चयन गरेको छ । द्वितीय उपाध्यक्षमा नवीन बस्नेत, महासचिवमा दिनेश श्रेष्ठ र सचिवमा अनुपम अनुराग गुप्ता चयन भएको संघले जानकारी दिएको छ । यस्तै, कोषाध्यक्षमा टीका श्रेष्ठ तथा सदस्यमा सरोज बस्नेत, रुद्र बस्नेत, दीपेन्द्र श्रेष्ठ, वैद्यनाथ साह, हीरा साह, श्रवण चौधरी चयन भएका छन् ।

विभिन्न कारणले संघको साधारण सभा पाँच वर्षदेखि हुन सकेको थिएन । तर, यस पटक सम्पन्न संघको साधारण सभाबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको हो । संघका नवनिर्वाचित अध्यक्ष विश्वकर्माले आफ्नो नेतृत्वमा जिल्लाका व्यवसायीले भोग्नुपरेको समस्या पहिचान गरेर समाधानमा ध्यान दिने बताए ।

प्रतिकृया दिनुहोस