दैनिक बढ्न थाल्यो संक्रमण :  एकैदिन थपिए ११६७ संक्रमित, २२४ जना निको

Corona update

काठमाडौँ । नेपालमा पछिल्लो समय दिनहुँजसो कोरोना भाइरस संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ हजार १६७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौँ उपत्यकाका छन् । काठमाडौँमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।

सोही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...