उकालो लाग्यो कोरोना ग्राफ : एकैदिन ९६८ जनामा संक्रमण पुष्टि, २६२ जना संक्रमणमुक्त

Corona

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ रहेको छ।

बिहीबार ५४० जनामा संक्रमण पुष्टि भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...