तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कति पुग्यो ?

Gold

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...