पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु  

Corona update

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२६ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ४९८ वटा नमुना स्वाबको परीक्षण गर्दा ३२६ वटाको नतिजा पोजिटिभ आएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ ।

त्यस्तै आज २५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...