बैंकहरूमा ८ अर्ब निक्षेप थपियो, सिडी रेसियो पनि घट्यो  

Bank sketch

काठमाडौँ । गत साता बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ । ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको छ ।

बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको पाँच खर्ब ६८ अर्बबाबाट वृद्धि भई पाँच खर्ब ६९ अर्ब पुगेको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी पनि दुई अर्ब रुपैयाँले वृद्धि भएको छ । कुल ऋण लगानी ४६ खर्ब १५ अर्ब रुपैयाँबाट वृद्धि भई ४६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।

गत सातामात्र राष्ट्र बैंकले ११ अर्ब ४८ अर्ब पुनर्कर्जा स्वीकृत गरेको थियो । राष्ट्र बैंकले पुनर्कर्जा स्वीकृत गरी बैंक तथा वित्तीय संस्थामा पठाएपछि तरलताको अवस्था केही सहज देखिएको हो ।

तरलताको अवस्था सहज भएपछि बैंकहरूको औशत कर्जा - निक्षेप (सिडी) अनुपात पनि ९०.७६ प्रतिशतमा झरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...