एकैदिन तोलामा सात सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

Gold 1

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सात सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूलय प्रतितोला ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...