२०२२ भित्र कोरोनालाई जित्ने डब्लुएचओको आशा

Corona who

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन २०२२ भित्र कोरोनामाथिको विजय प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ । डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजय प्राप्त गर्नेमा आशावादी रहेको बताएका हुन् ।

कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नु पर्नेमा उनले जोड दिएका छन ।

डब्लुएचओ प्रमुख डा. गेब्रेयेसोसले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ प्रवित्तीको आलोचना गर्दै त्यसो नगर्न चेतावनी दिएका छन ।

दुई वर्ष पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ । अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या २८७ मिलियन पुगेको छ । कोभिड–१९ का कारण ५५ लाख मानिसले ज्यान गुमाइसकेको बिबिसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...