सञ्चारकर्मी अधिकारीले ल्याइन् ‘श्वास फेरी...’ (भिडियोसहित)

Gita song

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक गरिएको छ । अधिकारीको शब्द, योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज रहेको नयाँ गीत ‘श्वास फेरी...’ सार्वजनिक भएको हो ।

राजु गिरीको निर्देशन सल्लाहाकार रहेको गीतको भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफ छ । गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतको अभिनय छ ।

यमबहादुर चौधरीको छायाँकन रहेको भिडियोमा शोखिन तिम्लिसीनाको सम्पादन र सरिता पुरीको शृंगार छ । सुनिता बस्नेतको कोरियोग्राफ, यमबहादुर चौधरीको छायांकन रहेको भिडियोमा शोखिन तिमिल्सिनाको सम्पादन छ ।

वियोगान्त शैलीको गीत निक्कै मार्मिक छ । गीताका यसअघि ‘यतै घमाइलो, उतै घमाइलो’, ‘बजाउँदै चुरा’ जस्ता गीतले चर्चा पाएका थिए । उनका अधिकारीका आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् ।

नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको उनले बताइन् । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उनले बताइन् ।

गीतकारका रुपमा पनि परिचय बनाएकी सञ्चारकर्मी अधिकारी मिलाप फाउण्डेशनमार्फत पनि विभिन्न सामाजिक कार्यमा सक्रिय छन् । विभिन्न सञ्चार माध्याममा काम गर्दै आएकी अधिकारी मिलाप म्यागजिन र मिलाप न्युज डटकमकी कार्यकारी सम्पादकसमेत हुन् ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...