पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

Corona 1596087688 1597680755

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,४३३ पीसीआर र ११७५ एन्टिजेन गरी ७,६०८ परीक्षणमा २२० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै २५३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४,८६४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यस्तै १ हजार १७५ जनामा एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी ७ हजार ६०८ परीक्षणमा २२० जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा २५३ जना निको र २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सक्रिय संक्रमितको संख्या ४८६४ रहेको छ ।

प्रतिकृया दिनुहोस