मंगलबारदेखि सुरु गर्ने भनिएको खोप अभियान केही दिनका लागि स्थगित  

Fizer   khop

काठमाडौँ । सरकारले पुस १३ गतेदेखि २२ गतेसम्म संचालन गर्ने भनिएको खोप अभियान केही दिनका लागि स्थगित गरेको छ । खोप लगाउनका लागि सिररिन्ज नभएका कारण खोप अभियान स्थगित भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । 

उनले भने,‘सिरिन्ज खोप सँगै आउनु पर्ने हो । केही टेक्निकल कारणले खोप सँग सिरिन्ज आउन सकने। सिरिन्ज आउने बित्तिकै खोप लगाउन सुरु गरिने छ ।’ सिरिन्ज आउन कति समय लाग्छ भने अहिले नै भन्न नसकिने उनले बताए । 

‘सानो टेक्निकल प्रोब्लम भएको हो । जसले गर्दा यही दिन आउछ भनेर भन्न सकिँदैन । तर केही दिनमै सिररिन्ज आउँछ । हामीसँग अरु सिररिन्ज प्रसस्त छ । फाइजर खोप लगाउनका लागि मात्रै सिरिन्जको समस्या भएको हो’, उनले भने । 

सरकारले मन्त्रालयले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने तयारी गरेको थियो ।

 

प्रतिकृया दिनुहोस