अभिनेत्री करिष्मा मानन्धरलाई सम्मान

Rasmilaz 1

काठमाडौं । ‘रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयर’ ले विभिन्न कार्यक्रम गर्दै आफ्नो १४औं वार्षिक उत्सव मनाएको छ । सो अवसरमा अभिनेत्री करिश्मा मानन्धरलाई विशेष सम्मानगरिएको छ ।

काठमाडौंको काठमाडौं मल, बिजी मल र बुद्ध मलमा रहेको रश्मिलाज फेसियल हाउसमा कार्यरत विभिन्न कर्मचारीहरुलाई पनि सम्मान तथा पुरस्कृत गरेको छ ।

सो कार्यक्रममा अभिनेत्री मानन्धरले पर्दामा देखिरहनु पर्ने भएकाले आफुहरुलाई सुन्दताको महत्व अति हुने गरेको बताइन् । उनले पछिल्लो समय आफु पनि रश्मिलाज फेसियल हाउसमा जोडिएको कारणले पनि आफ्नो सुन्दतामा निखार आएको बताइन् ।

अभिनेता तथा चलचित्र निर्देशक दिनेश डिसीले काठमाडौंमा रहेको ब्युटी पार्लरहरुमा गुणस्तरीय सेवाको हिसाबले रश्मिलाज फेसियल हाउस उत्कृष्ट रहेको बताए । उनले पनि आफु लामो समयदेखि रश्मिलाज फेसियल हाउसमा जोडिएको बताउँदै यस रश्मिलाज फेसियल हाउसलाई अझ धेरै सफलताको कामना दिए ।

रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले नेपालमै केही गरौं भन्ने उदेश्यले १४ वर्ष अघि रश्मिलाज फेसियल हाउस स्थापना गरेको बताइन् । यसबाट सैयौंले रोजगार प्राप्त प्राप्त गर्नुका साथै आफुहरुले मासिक रुपमा हजारौं कस्टमरलाई सौन्दर्य सम्वन्धि पूर्ण सेवा दिन सकेको बताईन् ।

सो कर्यक्रममा रश्मिलाज फेसियल हाउसका संरक्षक प्रकाशकुमार श्रेष्ठ, ब्रानबोर्ड टाउन केन्टकी अमेरिकाका नगरपालिका सदस्य रामचन्द्र श्रेष्ठ, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी, निर्माण व्यबसायी संघ धादिङका अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतले पनि रश्मिलाज फेसियल हाउसलाई शुभकामना यसको विशेषताबारे थप प्रकाश पारे ।

गायीका मञ्जु पौडेलले सञ्चालन गरेको सो कार्यक्रमको व्यबस्थापन सञ्चारकर्मी सूर्य चन्दले गरेका थिए । १४ औं वर्षको केक काटेर कार्यक्रममा वार्षिक उत्सब मनाइएको थियो ।

 

 

प्रतिकृया दिनुहोस