मनोज रामले पाए भीम-माया स्मृति पुरस्कार

Manoj ram samman

काठमाडौं । नेपाल दलित साहित्य तथा संस्कृति प्रनिष्ठानले पीस फर फाउन्डेशनका अध्यक्ष मनोज रामलाई भीम-माया स्मृति पुरस्कारबाट पुरस्कृत गरेको छ ।

५० हजार रुपैयाँ राशी रहेको भीम-माया स्मृति पुरस्कार वीके सेवकद्धारा स्थापित पुरस्कार हो । प्रतिष्ठानले प्रत्येक वर्ष दलित समुदायको विकासका लागि योगदान दिने विभिन्न संघ संस्था र व्यक्तिलाई पुरस्कार दिँदै आएको छ ।

यो वर्ष आधा दशकदेखि स्कुल जान नपाएका र स्कुल गएर पनि पढ्न नपाएका मुहसर, डोम, वातर, पासी, चमार जातिका वालवालिकालाई विद्यालय भर्ना गराउने र भर्ना भएकालाई आर्थिक भौतिक सहयोगहरु उपलब्ध गराउने र निःशुल्क ट्युशन पढाउँदै सहयोग गर्दै आएका रामलाई नगदसहित प्रतिष्ठानले पुरस्कृत गरेको हो । यसअघि १५ जनालाई सो पुरस्कार वितरण गरिसकेको छ ।

सो अवसरमा कर्णाली प्रदेशका प्रमुख तिलक परियार र प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा बहराइनका लागि नेपाली पूर्व राजदूत पदम सुन्दासलाई पनि सम्मान गरिएको थियो ।

वीके सेवक अर्थात् नेपाल सरकारका पूसचिव डा. मानवहादुर विकेद्वारा लिखित कवितासंग्रह मान्छे र माटोु को दोश्रो संस्करणको कर्लाली प्रदेशका प्रमुख तिलक परियार, बहराईनका लागि पूर्वराजदूत पदम सुन्दास, प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बरालीले लोकार्पण गरे ।

सो कविता संग्रहको डा. गोविन्द नेपालीले समिक्षा गर्दै कवितामा समेटिएको भावहरु परिवर्तनका पक्षमा रहेको उल्लेख गरे । उनले नेपाली साहित्यमार्फत सेवकले दलित समुदायका पीडालाई प्रस्तुत गरेको बताए ।

सेवकले यसअघि २०६३ मा पहलिो संस्करण बजारमा ल्याएका थिए । उनले ल्याएको पछिल्लो संस्करणमा ६० वटा कविता संलग्न छ । सो पुस्तक दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले प्रकाशन गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बरालीको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रम सरोजदिलु विश्वकर्माले सञ्चालन गरेका थिए भने स्वागत उपाध्यक्ष डम्बर पहाडीले स्वागत गरेका थिए । सहभागीहरुलाई प्रतिष्ठानकी सदस्य सरु सुनारले धन्यवाद दिएकी थिइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...