नेपालमा थपिए २१७ कोरोना संक्रमित, २७२ जना संक्रमणमुक्त

Coronavirus

काठमाडौं । २४ घण्टामा नेपालमा २१७ कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार २३३ पीसीआर नमुना परीक्षणमा २१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

४ हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ३०९ परीक्षणबाट २३६ जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षणमा हालसम्म ८ लाख २६ हजार ४२३ जना संक्रमित भएका छन् । २४ घण्टामा २७२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख ९ हजार ६५९ जना डिस्चार्ज भएका छन् ।

२४ घण्टाको अवधिमा कोभिडबाट २ जनाको ज्यान गएको छ । कोरोनाबाट मृतकको संख्या हालसम्म ११ हजार ५७९ पुगेको छ । सक्रिय संक्रमित संख्या ५ हजार १८५ जना छन् । २४ घण्टामा २ लाख ३९ हजार ६६१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस