खुल्यो निमावि तहमा २५९८ शिक्षकको विज्ञापन

Shikshak sewa aayog

काठमाडौं । शिक्षक सेवा आयोगले निम्‍न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्‍न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ ।

पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ । परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने आयोगले जनाएको छ ।

आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको संख्या थप गर्न माग गरेसँगै केन्द्रले आयोगलाई निमावि तहको रिक्त दरबन्दीको संख्या थप गरेर विवरण पठाएको थियो । सोही अनुसार विज्ञापन खुला गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...