पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

Corona new varient

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २७४ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ७ हजार ६९१ जनाको पिसिआर परीक्षण र १३२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

नेपालमा हाल ५ हजार ५२२ जना सक्रिय संक्रमित छन् । २७० जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसको संक्रमणबाट ३ को मृत्यु भएको छ। अहिलेसम्म निको हुनेको दर ९७.९ प्रतिशत छ ।

काठमाडौं उपत्यकामा १६१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरमा ३० र भक्तपुरमा २० संक्रमित छन् ।

प्रतिकृया दिनुहोस