स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. संगिता मिश्रा

Dr.sangita bhandari

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा= संगिता मिश्राले पाएकी छन् ।

समन्वय शाखाको प्रमुख रहेकी डा. मिश्राले बिहीबारदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएकी हुन् । ‘बिहीबारखि मन्त्रालयको प्रवक्ताको रुपमा काम गर्ने जिम्मेवारी पाएको छु,’ डा. मिश्राले भनिन्, ‘सरकारले दिएको जिम्मेवारीलाई राम्रोसँग बहन गर्ने छु ।’

यसअघि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक रहेकी मिश्रालाई केही हप्ता अगाडि स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयको समवन्य महाशाखाको प्रमुखमा तानेका थिए ।

यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डा. कृष्णप्रसाद पौडेलले अब इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मात्रै हेर्ने भएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...