लोक सेवाले खुलायो २८४ जना अधिकृतको विज्ञापन (विजापनसहित)

Lok sewa aayog

खुल्यो काठमाडौं । कर्मचारी समायोजनको विवाद अदालतबाट निरुपण हुन नसकेको अवस्थामा लोक सेवा आयोगले ठुलो सङ्ख्यामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) को विज्ञापन खोलेको छ । आयोगले बुधवार अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन खोलेको हो ।

सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी दुई सय ८४ जनाका लागि विज्ञापन खोलिएको छ ।

दरखास्त दिने अन्तिम मिति पुस २० गते सम्म तोकिएको छ । दोब्बर दस्तुरमा पुस २७ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

लोक सेवाले यसअघिका दुई तहको प्रतिस्पर्धा टुंग्याएर सरकारलाई नियुक्तिका लागि सिफारिस गर्न सकेको छैन । त्यतिबेलाको विवाद कायमै रहेका बेला आयोगले फेरि नयाँ भर्ना प्रक्रिया थालेको हो ।

यसअघि परीक्षा नै नभएका र परीक्षा दिएर नाम सिफारिस हुन बाँकी रहेकाहरुको विषयमा मुद्दा परेका कारण प्रक्रिया अघि बढेको छैन । कर्मचारी समायोजनसम्बन्धी ती विवादहरुको एकमुष्ट सुनुवाइका लागि विहीबार पेशी तोकिएको छ ।

बुधबार विज्ञापन खोलिएका पदहरुका लागि आगामी माघ २९ गते प्रारम्भिक परीक्षा छ । तर न्यायसेवामा प्रतिस्पर्धा गर्नेहरुले भने प्रारम्भिक परीक्षा दिनुपर्ने छैन ।

प्रतिकृया दिनुहोस