पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

Corona new varient

काठमाडौं । पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं उपत्यकामा १४७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३९२ जनाको पीसीआर परीक्षणमा २२९ जना र ४३१७ एन्टिजेन परीक्षणमा ३५ जना गरी २६४ जनामा संक्रमण पुष्टि भएको हो ।

‘पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२ छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५,६८९ रहेको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ६०९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५५९ पुगेको छ भने ८ लाख ७ हजार ५१६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल ५ हजार ३८६ जना होम आइसोलेसनमा रहेका छन् भने ३०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२० जना आईसीयू र २७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०९ जना, भक्तपुरमा ८ जना र ललितपुरमा ३० जना कोरोना संक्रमित थपिएका हुन् ।

 

प्रतिकृया दिनुहोस