आज फेरि बढ्यो सुनको मुल्य, यस्तो छ सुची

Gold 1

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजार ५०० कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर १ हजार २१० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८६ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...