पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

Corona new varient

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार ३३७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ६ हजार २३७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ९९७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहँदा ९६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस