पछिल्लो २४ घण्टामा २११ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

Corona 1596087688 1597680755

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १८ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ४३३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३२९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस