३७ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि सुस्तायो

Share market

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार मंगलबार फेरि ओरालो लागेको छ । आज नेप्से परिसूचक ३७.१८ अंकले ओरालो लाग्दा नेप्से दुई हजार ५०८.९० को विन्दुमा झरेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि आज ६.८५ अंकले घटेर ४७४.१३ को विन्दुमा झरेको छ। कारोबार रकम सवा ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा रातो पोतिएको छ भने २ वटामा मात्रै हरियाली छाएको छ। व्यापार र म्युचुअल फन्ड समूह समान ०.८२ प्रतिशतले उकालो लागेको छ। आज वित्त समूह सर्वाधिक ३.८६ प्रतिशतले ओरालो लागेको छ।

विकास बैंक समूह २.९९ प्रतिशतले ओरालो लागेको आज बैंकिङ समूहमा ०.७९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.६२ प्रतिशत, जलविद्युत समूहमा २.५४ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५५ प्रतिशत, अन्य समूहमा २.८४ प्रतिशत, लघुवित्त समूहमा १.४७ प्रतिशत, जीवन बीमा समूहमा ०.५५ प्रतिशत र लगानी समूहमा ०.९४ प्रतिशतको गिरावट आएको छ।

मंगलबार नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ८३ लाख ३० हजार ९३ कित्ता सेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० रुपैयाँमा किनबेच भएका छन्।

आज प्राइम कमर्सियल बैंकको सर्वाधिक १२ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। महालक्ष्मी विकास बैंकको ११ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको आज आइसिएफसी फाइनान्सको ११ करोड १ लाख रुपैयाँ, अपी पावरको १० करोड ४० लाख रुपैयाँ, एचआइिडसिएलको ९ करोड ४४ लाख रुपैयाँबराबरकाे काराेबार भएकाे छ।

यस्तै नबिल बैंकको ९ करोड ७ लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड ३५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड ५५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ७ करोड ५० लाख रुपैयाँ र अरुण काबेली पावरको ६ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

मंगलबार सिभिल लघुवित्तका सेयरधनीहरूले धेरै कमाए। यो लघुवित्तको सेयरमूल्य ३ प्रतिशत बढीले उकालो लागेको छ। आज आइसिएफसी फाइनान्सका सेयरधनीहरूले धेरै गुमाए। यो फाइनान्सको सेयरमूल्य ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...