के हावाबाट पनि सर्छ ओमिक्रोनको संक्रमण ? फेला पर्‍यो यस्तो तथ्य

Corona new varient

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण यतिबेला संसारभरि फैलिरहेको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन संक्रमण दक्षिण एसियामै पनि नेपालसहित भारत र श्रीलंकामा देखा परिसकेको छ ।

भारतमा त झन् तीव्ररुपमा फैलिरहेको छ । तीन दिनअघि दुई जनामा संक्रमण देखिएको भारतमा आजको दिनमा २३ जना संक्रमित पुगेको छ । नेपालमा आज मात्रै २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

ओमिक्रोनले विश्व नै अक्रान्त भइरहेका बेला वैज्ञानिकहरुले यसबारे एउटा तथ्य फेला पारेका छन् । उनीहरुका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन हावाबाट पनि सरिरहेको तथ्य फेला पारेको छ ।

हङकङको एक क्वारेन्टीन सीसीटीभी फुटेजमा गरिएको अध्ययनले यस्तो देखाएको वैज्ञानिहरुको दाबी छ । जुन इमर्जिङ इन्फेक्सियस डिजिज नामक पत्रिकामा प्रकाशनसमेत गरिएको छ ।

रिपोर्टअनुसार क्वारेन्टीन होटलमा बसेका दुई जना यात्रीलाई ओमिक्रोन संक्रमण देखिएको छ । दुवैले कोरोनाविरुद्धको भ्याक्सिनको दुवै मात्रा लिएको र कोहीसँग सम्पर्कमा नरहेको व्यक्तहरु भएको बताइएको छ ।

यहाँसम्म कि यी दुई जना आफ्नो कोठाबाट समेत बाहिर निस्किँदैनथे । रिपोर्टअनुसार उनीहरुको ढोका केवल खाना र कोभिड परीक्षणको लागि मात्र खुल्ने गर्थ्यो । त्यससँगै होटेलको अन्य ठाउँमा पनि ओमिक्रोन संक्रमण फैलिएको दाबी गरिएको छ । त्यही भएर पनि ओमिक्रोन हावाबाट पनि त फैलिरहेको छैन भनी आशंका गरिएको छ ।

प्रतिकृया दिनुहोस