नेपालमा पनि भेटियो कोरोनाको नयाँ रुप ओमिक्रोन संक्रमण, ३५ भन्दा बढी देशमा फैलियो    

Omi  coron v

काठमाडौं । नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह प्रवक्ता समीर अधिकारीले नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएको जानकारी गराएका हुन् । 

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको मन्त्रालयको भनाइ छ ।

उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो । दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्ट अहिलेसम्म छिमेकी देश भारतसहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ ।

६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा नतिजा नेगेटिभ
हाल दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा छन् । हाल उनीहरुमा कुनै लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । ती दुई व्यक्तिहरुसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको छ ।

२४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा कोरोनाको उत्परिवर्तित भाइरस ओमिक्रोन पहिलोपटक पहिचान भएको थियो । यो भेरियन्ट हालसम्म ३५ भन्दा बढी देशहरूमा फैलिइसकेको छ । हालसम्म प्रयोग हुँदै आएको कोरोनाविरुद्धको खोपको प्रभावकारीता ओमिक्रोनमा हुने वा नहुने/भन्नेबारे स्पष्ट भइसकेको छैन । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ ।

विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम छ। छिमेकी मुलुक भारतसहित दक्षिण एशियाका केही देशहरुमा समेत यो भेरियन्ट पुष्टि भैसकेको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...