पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने  

Iponew 4

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ९६ लाख कित्ता सेयरको ९६ करोड बराबरको प्राथमिक सेयर निष्कासनको तयारी थालेको हो ।

कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्तामा छनोट गर्ने सम्झौता गरेको छ । शुक्रबार भएको सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् ।

उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको निष्कासन तथा बिक्री प्रवन्धको रूपमा सानिमा क्यापिटल छ । उक्त कार्यक्रममा कोषको तर्फबाट विभागीय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायणप्रसाद घिमिरे लगायतका अधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...