साताको पहिलो दिन, सुन तोलामा ७ सयले बृद्धि

Gold 1

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकोमा आइतबार ७०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।

आइतबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...