‘बुष्टर’का रुपमा तेस्रो खोप लगाउन आग्रह  

Birodh khatiwada  21021

काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताएका छन्।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ नेकपा (एकीकृत समाजवादी) को वडा भेलालाई शनिबार सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गरेका हुन् ।

उनले दोस्रो मात्रा लगाइसकेका सबैलाई  तेस्रो खोप लगाउन आग्रह गरे । मन्त्री खतिवडाले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेको बताए ।

मन्त्री खतिवडाले अहिलेसम्म ६ हजार केन्द्रबाट खोप लगाउने काम भइरहेको उल्लेख गर्दै आउँदो पुस १ गतेदेखि १९ हजार केन्द्रमा खोपको व्यवस्था गरिने बताए ।  

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...